६ मंसिर, पोखरा। कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रो क्षेत्रमा आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान १० बजेर १३ मिनेटमा महसुस गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु अन्नपूर्ण दोस्रो क्षेत्रमा रहेको बताइएको छ। स्थानीय क्षेत्रमा भूकम्पको धक्का सामान्य मात्रामा महसुस भएको थियो।

नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमध्ये पर्ने भएकाले यस्तो घटना बारम्बार हुने गर्दछ। यस प्रकारका भूकम्पले भूगर्भीय चापको साम्यीकरण भए पनि सम्भावित ठूला भूकम्पको जोखिमप्रति सतर्क रहन आवश्यक छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0