पोखरा, १२ मंसिर – पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाका आरोपी शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन्। कास्की जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको हो।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १० निवासी ५६ वर्षीय श्रेष्ठ यही मंसिर ८ गते पक्राउ परेका थिए। उनलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरिएपछि अदालतले ५० लाख धरौटी माग गरेको थियो। धरौटी रकम बुझाउन असमर्थ भएपछि श्रेष्ठलाई अदालतको आदेशअनुसार जेल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























