काठमाडौं, २० मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेको छ। पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरमा मात्र एक विकेटको क्षतिमा ६२ रन बनाएको छ।

जनकपुरका ओपनर लहिरु मिलान्था ३९ रनमा खेलिरहेका छन् भने आसिफ सेखले १२ रन बनाएका छन्। कप्तान अनिल साह भने मात्र एक रनमै आउट भए। साहले यसअघि कर्णालीविरुद्ध अर्धशतक बनाएका थिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको योगफल खडा गरेको थियो। खेल रोचक मोडतर्फ अघि बढिरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0