पोखरा, २ पुस। दीपेन्द्र गौचन निर्देशित चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ। निर्देशक गौचनका अनुसार यो चलचित्र अब आगामी ११ माघमा दर्शकमाझ आउनेछ। यसअघि चलचित्र ३० कात्तिकमा प्रदर्शन गर्ने योजना भए पनि हलको अभावका कारण मिति सारिएको थियो।

चलचित्रमा नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। साथै, सञ्जय गुप्ता, रामनारायण ठाकुर, रिना रिमाल, मदन ठाकुर, रुपेश मण्डल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेललगायतका कलाकारले अभिनय गरेका छन्। अमितेष शाहले विशेष भूमिका निभाएका छन्। चलचित्र प्रेम कथामा आधारित छ, जसमा दुई मुख्य पात्रको आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ। निर्देशक गौचनले यो चलचित्रलाई फरक शैलीको रहेको दाबी गरेका छन्।

चलचित्रका कार्यकारी निर्मातामा नकिम उद्दिन छन् भने सह-कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, राधेश पन्त, महेन्द्र शाक्यलगायत छन्। चलचित्रको डीओपी अमर महर्जनले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

दीपेन्द्र गौचनकै लेखनमा तयार भएको यो चलचित्रको द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन्। संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाले दिएका छन् भने गीत राजीव कर्णले कोरियोग्राफी गरेका छन्। चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले गर्नेछन्।

गौचनले यसअघि ‘उजेली’ जस्तो चर्चित चलचित्र निर्देशन गरेका थिए। उनका अनुसार ‘मिसिङ: केटी हराएको सूचना’ पनि नेपाली सिनेमामा नयाँ धारको प्रयास हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0