काठमाडौं, २ पुस । १८औँ संस्करणको मिस नेवा नेपा ११४५ को पहिलो अडिसन आईतबार काठमाडौंमा सम्पन्न भएको छ। नेप्लिज फेसन होमको आयोजनामा सम्पन्न अडिसनमा तीन दर्जनभन्दा बढी नेवार समुदायका युवतीहरूको सहभागिता रहेको आयोजक अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन्।

योमरी पूर्णिमाको अवसर पारेर गरिएको अडिसनमा सहभागी युवतीहरूले योमरी बनाउने कला र विधि प्रदर्शन गर्दै निर्णायकहरूलाई स्वाद चखाएका थिए। काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनले प्रतियोगिताले नेवार युवतीहरूको व्यक्तित्व विकास र संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको बताए।

मिस नेवा ११४३ सकिना महर्जन, कोरियोग्राफर रोजिन शाक्य, सञ्चारकर्मी राजु नापितलगायत निर्णायक मण्डलमा थिए। अडिसनबाट छनोट भएकाहरूको नाम केही दिनभित्रै सार्वजनिक गरिने र प्रशिक्षण सुरु गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0