पोखरा । पोखरामा रहेको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका कर्जा अधिकृत नवीन भण्डारीलाई बचत रकम अपचलनको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाका स्थायी घर भएका २७ वर्षीय भण्डारी पोखरा-८, आलुमाइला चोकमा बसोबास गर्दै आएका थिए।
भण्डारीलाई सोमबार पोखरा ९, पृथ्वीचोकबाट पक्राउ गरिएको हो। उनले सहकारीको नियम विपरीत हिनामिना र अपचलन गरी ठगी गरेको आरोप लागेको छ। प्रहरीले उनलाई मंगलबार अदालतमा प्रस्तुत गरेको थियो। यस घटनासँगै पोखरामा सहकारी संस्था सम्बन्धी अन्य घटनाहरू पनि प्रकाशमा आएका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























