
काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै देशभक्तिको भावना कहिल्यै नत्याग्न आग्रह गरेका छन्। स्वाधीनता नेपालको गौरवशाली इतिहास रहेको बताउँदै उनले उपनिवेशवादको समयमै पनि नेपाल स्वतन्त्र रहेको स्मरण गराए।
प्रधानमन्त्री ओलीले स्वाभिमानपूर्ण नागरिकले कहिल्यै हार्न नजानेको भन्दै नेपालीहरू बुद्धको देशका मानिस भएको र शान्तिप्रेमी भावना सधैं अंगिकार गर्नुपर्नेमा जोड दिए।
उनले घमण्ड त्यागी विनम्रता र आदर्शलाई आत्मसात् गर्दै व्यक्तित्व विकास गर्नुपर्ने बताउँदै देशको स्वाभिमान कायम राख्न सम्पूर्ण नेपालीलाई प्रेरित गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

























