वीरगन्ज। नेकपा एमालेको पार्टी प्रवेशको लहर मधेश प्रदेशमा निरन्तर बढिरहेको छ। पुस १४ गते आईतबार, नेकपा एमालेले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा ५,००० भन्दा बढी व्यक्तिहरु एमालेमा प्रवेश गर्ने तयारीमा छन्। एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको थियो।
एमालेका स्थायी कमिटि सदस्य र मधेश प्रदेश इन्चार्ज लिलाराज श्रेष्ठले मधेशमा एमाले प्रति बढ्दो आकर्षणको कारण समृद्धि र विकासमा एमालेको योगदान रहेको बताए। उनले भने, “मधेशका लागि एमालेले सशक्त भिजन र कार्यक्षमतासाथ विकासका विभिन्न कार्यक्रम अघि बढाएको छ।” कृषिमा महत्वपूर्ण योजनाहरू, जस्तै सुनकोशी मरिन डाइर्भन सिचाईं आयोजना र हुलाकी राजमार्ग निर्माण, मधेशको समृद्धिमा योगदान पुर्याएको श्रेष्ठको भनाइ थियो।
पार्टी प्रवेश कार्यक्रममा पर्साका चर्चित नेता प्रदिप जयसवाल लगायतका व्यक्तिहरुको पनि सहभागिता थियो। पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य र नेताहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रममा प्रेस चौतारी नेपाल पर्सा र अन्य संचारकर्मीहरूको सकृय सहभागिता थियो।
यसै गरी, विगतमा पनि एमालेमा प्रवेश गर्ने राजनीतिक व्यक्तिहरूको संख्या बढेको छ, जसले मधेशमा एमालेको प्रभाव बढेको संकेत दिन्छ।































