काठमाडौं, १७ पुस। नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूप्रति शत्रुवत् व्यवहार गरेको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले ओलीले वार्ताका लागि समय नदिएको, दम्भ र असहिष्णु प्रवृत्ति देखाएको आरोप लगाए।

रावलले पार्टीमा कुनै मतभेद र पदको आकांक्षा नराखेको बताए। तर, आफूविरुद्ध बदला र निषेधको नीति अपनाइएको उनले प्रष्ट पारे। ‘पहिलो पटक वार्ता भए पनि त्यसपछि मलाई बोलाइएन, मेरो समय माग्दा पनि अटेर गरियो,’ रावलले भने।

उनले आफूले पार्टीसँग सम्पर्कविहीन नभएको तर भ्रम सिर्जना गरिएको आरोप लगाएका छन्। ‘पार्टीसँग मेरो सम्पर्क तोडिएको भनिन्छ, तर के यो ओलीको दम्भ र असहिष्णुता होइन?’ रावलको प्रश्न थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0