काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। बैठकमा राष्ट्रिय राजनीतिसँग सम्बन्धित विविध विषयमा छलफल भइरहेको छ।

एमालेले आगामी २१ र २२ पुसका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठकका लागि प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0