काठमाडौं, पुस १९। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाललाई प्रदान गर्ने अनुदानमा ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ) थप गरेको छ। परियोजना कार्यान्वयनमा भएको ढिलाइले लागत बढेपछि एमसीसीले अनुदान वृद्धि गर्ने निर्णय गरेको हो।

अमेरिकी संसद्लाई १८ डिसेम्बरमा नेपाललाई थप सहयोग उपलब्ध गराउनेबारे जानकारी दिइएको थियो। विहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले यो प्रस्ताव स्वीकृत गरेको हो। यसपछि एमसीसी अन्तर्गतका परियोजनाहरूमा कुल ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुने भएको छ।

एमसीसीका कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले थप अनुदानले नेपालको विद्युत् ग्रिड सुदृढ गर्दै दीर्घकालीन आर्थिक वृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0