काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले जारी केन्द्रीय समिति बैठकमा अध्यक्षको तस्बिर नराखिएकोमा सकारात्मक प्रतिक्रिया दिएका छन्।
आइतबार सुरु भएको बैठकमा कतै पनि अध्यक्ष पुष्पकमल दाहालको तस्बिर नदेख्दा रूपान्तरणको सानो उदाहरण महसुस भएको उनले फेसबुकमार्फत उल्लेख गरेका छन्। बैठकमा अध्यक्षको तस्बिर नराख्ने निर्णय सकारात्मक रहेको र यसले आशा जगाएको उनको भनाइ छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























