पोखरा, २६ पुस। अमेरिकाको लस एन्जलसमा लागेको डढेलोले अहिलेसम्म ६ जनाको ज्यान लिइसकेको छ। आगोको मुस्लो अझ डरलाग्दो हुन सक्ने चेतावनी दिँदै विज्ञहरूले शुक्रवार र आउँदो मंगलबार हुरी बतास र आगोका लप्काले भयावह स्थिति निम्त्याउने सम्भावना रहेको बताएका छन्।

डढेलोका कारण करिब दुई लाख मानिस विस्थापित भएका छन् भने ५३ सय संरचना ध्वस्त भएका छन्। आगोको उत्पत्ति कसरी भयो भन्ने पत्ता लगाउन विज्ञहरूको टोली सक्रिय छ। लस एन्जलस र भेन्टुराको सीमामा थप आगलागी सुरु भएको छ, जसका कारण स्थानीय बासिन्दालाई अनिवार्य रूपमा सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिइएको छ।

आगलागी प्रभावित क्षेत्रमध्ये अल्टाडेना समुदाय सबैभन्दा बढी क्षतिग्रस्त भएको छ। यहाँ इटनका १३ हजार ६९० आर्क जमिन प्रभावित भएको छ। रुखहरू ढलेका छन् र क्षेत्रभरि पातहरू छरपस्ट भएका छन्।

डढेलो नियन्त्रणका लागि १५ सय २७ अग्नि नियन्त्रक खटिएका छन्। यस क्रममा केही घरमा लुटपाट पनि भएको छ। यसरी लुटपाटमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

आगलागी नियन्त्रण प्रयास भइरहे पनि थप मृत्यु हुने जोखिम रहेको अधिकारीहरूले बताएका छन्। यदि डढेलोको कारण मानवीय लापरबाही प्रमाणित भए, दोषीमाथि हत्याको मुद्दा चलाइने जनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0