पोखरा, ५ माघ। पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सेन्ट मेरिज स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ। सेन्ट मेरिजले बालकन्याण, कालिका मावि र अमरसिंह मावि (बि) लाई पछाडि पार्दै सेमि फाइनलमा स्थान बनाएको हो।
प्रतियोगितामा १४ विद्यालयका टोलीहरू सहभागी भएका छन्। दोश्रो दिन बिहीबार कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि शुक्रबार बेसलाइन ई. बोर्डिङ स्कुल, पोखरा युनाइटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई नगद ३० हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ। महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहेको छ र महोत्सवमा राखिएका स्टलहरूमा व्यापार वृद्धि भएको छ।

































