पोखरा, ८ माघ। पोखरा प्रदर्शनी केन्द्रमा माघ १० गतेदेखि १२औं क्यान इन्फोटेक २०२५ सुरु हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहकार्यमा क्यान महासंघ कास्कीले आयोजना गर्न लागेको यो इन्फोटेकमा UNV by Eagle Tech Nepal टाइटल स्पोन्सरको रूपमा रहनेछ। क्यान कास्कीका सचिव दामोदर डुम्रेले मेलाको तयारी सम्पन्न भएको र यसलाई अन्य महोत्सवभन्दा पृथक ढंगले प्रस्तुत गरिने जानकारी दिएका छन्।

UNV by Eagle Tech Nepal विश्वस्तरीय डिजिटल सुरक्षा उपकरण निर्माणमा प्रसिद्ध छ। यसको नेपालका लागि आधिकारिक वितरक इगल टेक नेपाल रहेको छ। UNV ले अत्याधुनिक सुरक्षा प्रविधि जस्तै सीसीटीभी क्यामेरा, OWL View IP क्यामेरा, थर्मल क्यामेरा, स्मार्ट बोर्ड, र एक्सेस कन्ट्रोल उपकरणहरू उपलब्ध गराउँदै आएको छ। नेपालभर २०० भन्दा बढी डिलरहरूमार्फत बिक्री वितरण गर्ने यस संस्थाले डिजिटल सुरक्षा प्रविधिलाई सर्वसुलभ बनाउँदै आएको छ।

क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा भएका नवीनतम विकासका सामग्रीहरूको प्रदर्शन हुनेछ। मेलामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि, उन्नत सीसीटीभी सर्भिलेन्स प्रणाली, सफ्टवेयर निर्माण, र यसको बजार प्रवर्द्धनका विषयमा विशेष जानकारी गराइनेछ। क्यान महासंघ कास्कीका अध्यक्ष पुरूषोत्तम कुँवरले यो प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्नेका लागि महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गरे।

प्रदर्शनीमा सहभागी व्यवसायीहरूले आफ्नो नवीनतम उत्पादन र सेवा प्रस्तुत गर्नेछन्। साथै, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना प्रविधिसम्बन्धी कम्पनीहरूले प्रत्यक्ष सहभागिता जनाउनेछन्। मेलामा दर्शकले विभिन्न प्रदर्शनी र स्टलहरूको अवलोकन गर्न पाउनेछन्। यस अवसरमा, अर्थतन्त्र र प्रविधिको सम्बन्ध, पर्यटन प्रवर्द्धन, र नवप्रवर्तन जस्ता विषयमा छलफल गर्न विज्ञ र सरोकारवालासँग ‘टक शो’ आयोजना गरिने पनि जानकारी दिइएको छ।

अघिल्ला महोत्सवहरूसँग तुलना गर्दै क्यान इन्फोटेक फरक रहेको बताउँदै सचिव डुम्रेले यसपटक सहभागीलाई अनौठो अनुभव दिने प्रयास गरिएको बताए। उनले अन्य महोत्सवभन्दा पृथक शैली अपनाई प्रत्येक दर्शकलाई नयाँ प्रविधिको जानकारी दिने वातावरण बनाइने आश्वासन दिए।

पोखरामा भर्खरै मात्र ८ भन्दा धेरै महोत्सब सकियको अवस्थामा क्यान इन्फोटेकमा दर्शक रहन्छन् भन्ने रिसेन्टन्युज कर्मीको प्रश्नमा अन्य महोत्सव र क्यान इन्फोटेकमा फरक रहेको र क्यान इन्फोटेकमा सहभागी हुने दर्शक नै फरक रहेको क्यान कास्की सचिव दामोदर डुम्रे बताउछन् । हामीले पोखरा तथा अन्य क्षेत्रमा हुने महोत्सब भन्दा पृथक ढंगबाट १२ औं संस्करणको क्यान इन्फोटेक सञ्चालन गर्दैछौ । यहाँ आउने प्रत्येक दर्शकलाई क्यान इन्फोटेक अन्य महोत्सव भन्दा पृथक रहेछ भन्ने आभास हुनेछ सचिब डुम्रेले भने ।  विभिन्न क्षेत्रका विज्ञसँग हुने टक सो क्यान इन्फोटेकको मुख्य आकर्षण हुने अनुमान छ। साथै मोवाइल एक्सपो क्यान इन्फोटेकको अर्को आकर्षण हुने छ । यसमा ५० प्रतिशतसम्म छुट, एक्सचेञ्ज अफर, र किस्तामा मोवाइल खरिदको सुविधा उपलब्ध गराइनेछ। यसका साथै, अत्याधुनिक ल्यापटप‍, कम्प्युटर, मोबाइल उपकरण र सहायक उपकरणहरूको प्रदर्शनीसमेत हुनेछ।

मेलामा सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ आविष्कार, सफ्टवेयर निर्माण, र यसको बजार प्रवर्द्धनसँग सम्बन्धित विषयहरूको प्रदर्शनी हुनेछ। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत सीसी टिभी सर्भिलेन्सका विषयमा समेत जानकारी गराइनेछ। मोवाइल एक्सपो अन्तर्गत ५० प्रतिशतसम्म छुट, एक्सचेञ्ज अफर, र किस्तामा खरिद सुविधा उपलब्ध गराइने क्यान महासंघ कास्कीका अध्यक्ष पुरूषोत्तम कुँवरले जानकारी गराए।

मेलाले सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन मात्र नभई आर्थिक गतिविधिमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ। पोखरामा पछिल्लो समय विभिन्न महोत्सव सम्पन्न भए पनि क्यान इन्फोटेकमा सहभागी हुने दर्शक फरक र विशेष हुने विश्वास गरिएको छ। अर्थतन्त्रको वर्तमान अवस्था, नवप्रवर्तन, र पोखराको पर्यटन प्रवर्द्धन आदि सबैको एकमात्र आधार सुचना, सञ्चार र प्रविधिको विकास भएकाले ति विषयहरुमा मा छलफल गर्न विज्ञ र सरोकारवालासँग ‘टक शो’ आयोजना समेत ले क्यान इन्फोटेक विशेष हुने आयोजक को विश्वास छ।

मेलाको टाइटल स्पोन्सर UNV by Eagle Tech Nepal ले आफ्ना उच्चस्तरीय डिजिटल सुरक्षा समाधान र अफिस अटोमेसन सामग्रीहरूको प्रदर्शन गर्नेछ। यसको नेतृत्वमा, क्यान महासंघ कास्कीले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउने योजना बनाएको आयोजकले जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0