काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ। बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, र विभिन्न नियमावलीहरूमा संशोधन तथा नयाँ प्रस्तावहरूमा छलफल हुनेछ।
बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम सञ्चालन, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपामा आवद्धता प्रक्रिया, संसद अधिवेशनका तयारी, सल्लाहकार परिषद गठन, र केन्द्रीय संगठन विभागमा मनोनयनजस्ता विषयमा छलफल हुने बताइएको छ।
पार्टीले विभाग सञ्चालन नियमावली २०८१ लाई संशोधन प्रस्ताव गर्ने तयारी गरेको छ। यस्तै, प्रदेशस्तरीय कार्यक्रममा पदाधिकारीको नेतृत्वमा भेटघाट आयोजना गर्ने योजना रास्वपाले अघि सारेको छ। संसद अधिवेशनको रणनीति तथा पार्टीको सांगठनिक सुदृढीकरण बैठकको मुख्य एजेन्डामा रहेका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























