प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल (एक्स) मार्फत सन्देश दिँदै ओलीले भारतीय जनतालाई न्यानो बधाईका साथ शुभकामना दिएका छन्।

उनले लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ प्रगति गर्ने विश्वास व्यक्त गर्दै नेपाल र भारतबीचको मित्रता अझ गहिरो र सुदृढ हुने आशा व्यक्त गरेका छन्। ओलीको सन्देशले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने महत्वलाई रेखांकित गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0