पोखरा, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आइतबार एक हजार अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ। सिकागो र मियामीलगायतका सहरहरूमा व्यापक धरपकड गर्दै यी गिरफ्तारीहरू गरिएको हो। ट्रम्पले अमेरिकामा जन्मँदा नागरिकता पाउने प्रावधानको अन्त्यका लागि प्रयास जारी रहेको भन्दै यो व्यवस्था वर्तमान समयमा आवश्यक नभएको तर्क गरेका छन्।

ट्रम्प प्रशासनको यो कदमप्रति विरोध सुरु भएको छ। टेक्ससको फर्ट वर्थ र यालेजस्ता स्थानमा विद्यालय, चर्च र अन्य सार्वजनिक स्थलमा आप्रवासीहरूलाई गिरफ्तार गरिएको विरोधमा प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले सबैलाई बाँच्न पाउने अधिकार रहेको भन्दै आप्रवासीप्रतिको कडाइको आलोचना गरेका छन्।

यसैबीच, कोलम्बियाले आप्रवासी फिर्ता गर्न ट्रम्प प्रशासनलाई अनुमति दिएको घटनालाई ट्रम्पले आफ्नो जितको रूपमा व्याख्या गरेका छन्। तर, मेक्सिकोका राष्ट्रपति सियनबाउमले अमेरिकाले हालै चार हजार आप्रवासीलाई मेक्सिको पठाएको बताएकी छिन्। ट्रम्प प्रशासनको नीतिले अफगान र युक्रेनी शरणार्थीमा विशेष असर पार्ने देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0