पोखरा, १५ माघ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशविरुद्ध असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेका छन्।

जिल्ला अदालतले रविसहित सात जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि लामिछानेले साधारण तारेखमा पुर्पक्ष गर्न पाउने मागसहित उच्च अदालतमा निवेदन दर्ता गरेका हुन्। उच्च अदालतमा मंगलबार एकल इजलासले प्रारम्भिक आदेश दिने अपेक्षा गरिएको छ।

यसअघि उच्च सरकारी वकिलको कार्यालयले पनि जिल्ला अदालतको आदेशविरुद्ध थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता गरेको थियो। सूर्यदर्शन प्रकरणमा ६३ जनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको मुद्दा विचाराधीन छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0