पोखरा, २१ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन्। दक्षिण अफ्रिकाले मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाउँदै ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको र केही विशेष वर्गका मानिसहरूसँग खराब व्यवहार गरिरहेको दाबी गर्दै यसबारे कट्टर वामपन्थी सञ्चारमाध्यम मौन रहेको टिप्पणी गरेका छन्। उनले मानव अधिकार उल्लंघनको अध्ययन पूरा नभएसम्म सहायता रोकिने स्पष्ट पारेका छन्।
सन् २०२३ मा मात्र अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड अमेरिकी डलर सहायता प्रदान गरेको थियो। यसअघि, ट्रम्पले मेक्सिको, क्यानडा र चीनबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ लगाउने घोषणा गरेका थिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1



























