पोखरा, २१ माघ । गण्डकी प्रदेशसभाको हिउँदै अधिवेशन आजदेखि सुरू हुँदैछ। अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्नेछ। गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आजका लागि बैठक आह्वान गरेका हुन्।
यसअघि हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकका कार्यसूचीहरू तय गरेको थियो। बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने तथा प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीहरू रहेका छन्।
यस अधिवेशनले प्रदेशमा प्रभाव पार्ने महत्त्वपूर्ण विषयहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ। प्रदेशसभा बैठकले आगामी दिनमा नीति निर्माणका कार्यहरूलाई थप गति दिने अनुमान गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























