पोखरा, २१ माघ । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको निर्णयअनुसार गण्डकीका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान तथा सार्वजनिक सेवा प्रदायक निकायहरू बन्द रहनेछन्।

गण्डकी प्रदेशको स्थापना २०७२ साल माघ महिनामा भए पनि प्रदेश सभा र प्रदेश सरकारका स्थापना दिवसहरू फरक–फरक मितिमा मनाइँदै आएका थिए। यस वर्षदेखि भने दुबै दिवसलाई एकैदिन मनाउने निर्णय गरिएको हो। प्रदेश सभाले आफ्नो स्थापना दिवस २०७४ माघ २२ गते पहिलो संसद् बैठक बसेको दिनलाई मान्दै आएको छ।

स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0