पोखरा, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठक गर्दै सेवा प्रवाह, सुशासन, समग्र प्रगति र संघीय सहजीकरणका विषयमा छलफल गरेका छन्। सिंहदरबार स्थित एक्सन रुमबाट पहिलोपटक भएको संवादमा, प्रधानमन्त्रीले समस्याहरूको पहिचान गरी समाधानका लागि ‘एक्सन’ मा जाने प्रतिबद्धता व्यक्त गरेका हुन।।

बैठकमा, प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेट निर्माणमा थप छलफल गर्ने र संघ–प्रदेश समन्वयलाई प्रभावकारी बनाउने कुरा उल्लेख गरे। मुख्यमन्त्रीहरूले विभिन्न परियोजनाहरूको बजेट निरन्तरता, भन्सारमा हुने चोरी-निकासी नियन्त्रण, र गण्डकीलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नका लागि सुझाव राखेका थिए।

प्रधानमन्त्रीका सल्लाहकार, मुख्यसचिव र उच्च अधिकारीहरूको उपस्थिति रहेको यो बैठकमा संघीय सरकारले उठाइएका समस्याहरू सम्बोधन गर्ने प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0