पोखरा, ४ फागुन । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधनको पक्षमा एकमत देखिएका छन् । शनिबार ललितपुरमा आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल, नेकपा (एमाले) का नेता रघुजी पन्त, पूर्वसञ्चार मन्त्री रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायतका नेताहरूले संविधान संशोधन गर्नुपर्ने आवश्यकता बारे धारणा राखेका छन् ।

कांग्रेसका डा. रिजालले संविधान संशोधनका लागि आवश्यक भएको महसुस गरे पनि पटक–पटक सरकार परिवर्तन भइरहेका कारण यस विषयमा प्राथमिकता नदिइएको बताए । उनले समावेशीतालाई प्राथमिकता दिने र गठबन्धन सरकार सुधार गर्नुपर्ने धारणा व्यक्त गरे ।

एमालेका रघुजी पन्तले संविधान समय अनुसार संशोधन हुने कुरा स्वीकार्दै जनहितका लागि सहमति जुटाएर संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । माओवादीका शर्माले पनि संविधान संशोधनको आवश्यकता रहेको र यसमा गम्भीर हुनुपर्ने कुरा उठाइन् ।

रास्वपाका सन्तोष परियारले संविधान संशोधनका लागि सबै दलको सहमति जुटाएर जनहितमा काम गर्नुपर्ने कुरा बताए ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0