पोखरा, ४ फागुन। संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने भएको छ। संसद सचिवालयका अनुसार, बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नका जवाफ दिने कार्यक्रम राखिएको छ। यसैगरी, गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१’ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने बन तथा वातावरण मन्त्री एेनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संसोधन’ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























