पोखरा, ७ फागुन। नेकपा (एकीकृत समाजवादी) ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार पार्टीको स्थायी कमिटी बैठक बसेर उक्त निर्णय लिएको हो। बैठकपछि प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले अध्यादेशलाई समर्थन गर्न नसकिने स्पष्ट पारे।
उनका अनुसार सरकारले नियमित संसदमा छलफल नगराई अध्यादेश ल्याउनु गलत नियतको उपज भएको निष्कर्ष बैठकले निकालेको छ। उनले भने, ‘देशको हितमा नभएकाले अध्यादेश अस्वीकार गर्नुपर्छ। यसको अन्तर्वस्तुमा सहमति जनाउन सकिने अवस्था छैन।’
नेकपा एसले संसदमा प्रक्रिया अघि बढेपछि सोही अनुसार आफ्नो अडान स्पष्ट पार्ने जनाएको छ। यसअघि पनि पार्टीले सरकारका विभिन्न निर्णयहरूमा असहमति जनाउँदै आएको थियो।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























