पोखरा, ७ फागुन। काठमाडौंस्थित भारतीय राजदूतावासले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का नेपाली विद्यार्थीलाई कलेज फर्कन अपिल गरेको छ। मंगलबार जारी गरिएको विज्ञप्तिमा केआईआईटीले ‘अनिश्चितकालीन’ आदेश फिर्ता लिएको भन्दै क्याम्पस फर्केर कक्षा सुचारु गर्न आग्रह गरिएको छ।

विद्यार्थीहरूलाई सहयोग गर्न कलेजले २४ घण्टा सञ्चालन हुने विशेष नियन्त्रण कक्ष स्थापना गरेको दूतावासले जनाएको छ। ओडिसा प्रहरीले यस घटनाको निष्पक्ष छानबिन गर्ने आश्वासन दिएको छ भने भारतीय गृह विभागले अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ।

दूतावासले नेपाली विद्यार्थीको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ। भारत सरकारले आवश्यक कदम चाल्ने भन्दै विद्यार्थीहरूलाई ढुक्क हुन आग्रह गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0