पोखरा, ७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेलाई नेपाली जनताको जीवनमा सर्वाधिक महत्वपूर्ण दिनका रूपमा उल्लेख गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले जहाँनिया शासनविरुद्ध नेपाली जनताले गरेको बलिदानपूर्ण संघर्षकै कारण ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको बताए।

प्रधानमन्त्री ओलीले नेपाली जनताले निरंकुश शासनलाई अन्त्य गरी नागरिक स्वतन्त्रता स्थापित गर्न गरेको संघर्षको स्मरण गर्दै यो दिवस नेपाली इतिहासकै गौरवशाली दिन भएको बताए। उनले लोकतन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तिनको योगदान कहिल्यै नबिर्सनुपर्ने उल्लेख गरे।

उनले नेपाली जनता र देशका लोकतन्त्रप्रेमी नागरिकहरूलाई ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै, प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्न आह्वान गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0