पोखरा, १३ फागुन। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जुम्लाको हिमा गाउँपालिका–७ धौलापानीमा दोस्रो पटक स्याउका बिरुवा रोपेको छ। महासचिव विप्लवसहितका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा एक हजारभन्दा धेरै बिरुवा रोपिएको छ।
महासचिव चन्दका अनुसार धौलापानी क्षेत्रमा कुल १४ हजार स्याउका बिरुवा रोप्ने योजना रहेको छ। उनले राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई जोड्न नसकेसम्म देश आत्मनिर्भर नबन्ने बताउँदै कृषि उत्पादनलाई प्राथमिकता दिने नीति लिइएको उल्लेख गरे।
नेकपाले भोलि कालीकोटको तिलागुफा नगरपालिका फोहीमहादेवमा स्याउ रोप्ने तयारी गरेको जनाएको छ। गत वर्ष पनि चन्द आफैँ उपस्थित भएर धौलापानीको हाडुल्यमा स्याउ रोपेका थिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































