पोखरा, १३ फागुन। हिजो दोहोरो अङ्कले उकालो लागेको शेयर बजार आज भने सामान्य रूपमा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७५८ दशमलव ७५ विन्दुमा पुगेको छ।

आज बैंक, लगानी, उत्पादन तथा अन्य समूहको शेयर बढेको छ। अन्य समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको छ भने गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएको छ। तर, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेको छ।

बजार सामान्य रूपमा बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। हिजो ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भए पनि आज ३ सय १० कम्पनीका २ करोड ११ लाख कित्ता शेयर मात्रै किनबेच भई कुल ११ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0