पोखरा, १६ फागुन। सिन्धुपाल्चोकमा गएको ६.१ म्याग्निच्युडको भूकम्पपछि आत्तिएर भाग्ने क्रममा एक जना कैदी घाइते भएका छन्। जिल्ला कारागारका ती कैदी लड्दा उनको हात भाँचिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन्। हाल उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५२ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पले सिन्धुपाल्चोकका विभिन्न स्थानमा कम्पन महसुस गराएको थियो। प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिकाको दुगुनागढी क्षेत्रमा पहिरो खसेको छ। अन्य क्षतिको विवरण संकलन भइरहेको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका ताप्लेजुङ, विराटनगर, सुनसरी तथा पश्चिम नेपालका पोखरा, पाल्पा लगायतका स्थानमा पनि महसुस गरिएको थियो। मध्यरातमा गएको भूकम्पले मानिसहरू आतिएर घरबाहिर निस्कन बाध्य बनाएको थियो। सुरक्षा निकायले क्षतिको थप विवरण संकलन गरिरहेको जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0