xr:d:DAFjgcM0Y7E:9,j:47588228681,t:23052102

पोखरा, १६ फागुन। शुक्रबार बिहान २ः५१ बजे काठमाडौं, पोखरा उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको कम्पनले त्रसित भएका मानिसहरू चिच्याउँदै घर बाहिर निस्किएका थिए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का काठमाडौं, पोखरा उपत्यकासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको भए पनि सम्बन्धित निकायहरू विवरण संकलनमा जुटेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0