पोखरा, १६ फागुन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेश र संविधान संशोधनका विषयमा छलफल भइरहेको छ। संसद् अवरुद्ध रहँदा सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने मागले सरकारलाई दबाब परेको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले अन्य पाँच अध्यादेशमा समर्थन जनाउने संकेत गरे पनि भूमिसम्बन्धी अध्यादेशप्रति असहमति जनाएका छन्। यसले सरकारलाई थप संकटमा पार्ने देखिन्छ। गत माघ १८ गते सदनमा दर्ता गरिएका यी अध्यादेश राष्ट्रिय सभाबाट अनुमोदन हुन सकेका छैनन्, जसका कारण सरकार निर्णयार्थ प्रस्तुत गर्न असमर्थ देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0