xr:d:DAFjgcM0Y7E:9,j:47588228681,t:23052102

पोखरा, १७ फागुन। सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर हिजो बिहान गएको भूकम्पले सात जिल्लामा क्षति पुर्‍याएको छ। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिँदै बताए अनुसार, सिन्धुपाल्चोक, भोजपुर, काठमाडौं, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते भएका छन् र केही घरमा क्षति पुगेको छ।

प्राप्त विवरण अनुसार, ती जिल्लामा कूल ६ जना घाइते भएका छन्। यसैगरी, चार घर र एक गोठमा क्षति पुगेको छ। सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरी प्रवक्ता आचार्यले बताए।

घाइतेमध्ये दुई जना काठमाडौंमा र दुई जना सङ्खुवासभामा घाइते भएका छन्। सिन्धुपाल्चोकमा एक कैदी घाइते भएको र तीन परिवार विस्थापित भएको पनि प्रहरी विवरणमा उल्लेख छ।

आज बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्प देशका धेरै जिल्लामा महसुस गरिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0