सरकारले ल्याएका अध्यादेश पारित नहुनेः विश्वकर्मा

पोखरा, १९ फागुन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सरकारले ल्याएका अध्यादेशहरू यथास्थितिमा पारित नहुने बताएका छन्। सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेससँग छलफल गरिए पनि संसद्मा लैजाँदा दलहरूबीच असन्तुष्टि देखिनुका कारण अध्यादेश पारित हुने सम्भावना न्यून रहेको उल्लेख गरे।

विश्वकर्माले हालको सत्तागठबन्धन आगामी २०८४ को निर्वाचनसम्म यथावत् रहने दाबी गरे। कांग्रेसभित्र हालै गरिएको संरचनागत सुधारबारे चर्चा गर्दै उनले ५५ वटा विभाग स्थापना भइसकेको र ७७ वटै जिल्लामा पार्टीले निरन्तर गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार कांग्रेस अहिले संगठित र गतिशील बन्ने प्रक्रियामा छ।

महाधिवेशनबारे सञ्चारकर्मीको जिज्ञासामा उनले तोकिएको समयमै महाधिवेशन सम्पन्न हुने बताए। पार्टीभित्र गुटबन्दीको अन्त्य गर्दै एकताको दिशामा अगाडि बढ्ने दाबी पनि गरे।

अन्तर्राष्ट्रिय सन्दर्भमा टिप्पणी गर्दै विश्वकर्माले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडीसहितको वैदेशिक सहायता रोक्ने निर्णयलाई केवल क्षणिक प्रचारबाजी मात्र भएको बताए।

Give Your Feedback