पोखरा, २२ फागुन। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई तीन दिने समयसीमासहित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसअघि ऊर्जा मन्त्रालयले उनलाई ‘पदबाट किन नहटाउने?’ भन्ने प्रश्न गर्दै स्पष्टीकरण माग गरेको थियो।
सरकारी तहबाट लगातार दोस्रो पटक स्पष्टीकरण सोधिएपछि घिसिङको पदस्थायित्वबारे अन्योल बढेको छ। उनले हालसम्म मन्त्रालयको स्पष्टीकरणको औपचारिक जवाफ दिएका छैनन्। ऊर्जा क्षेत्रको सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका घिसिङलाई पुनः प्रश्न उठाइएपछि यसले थप राजनीतिक र प्रशासनिक चासो बढाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























