पोखरा, २२ फागुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटा सचिवमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

देवकोटा मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत थिए। मन्त्रालयमा रिक्त स्वास्थ्य सचिव पदका लागि अतिरिक्त सचिव डा. संगिता कौशल मिश्र, डा. टंक बाराकोटी र विकास देवकोटाको नाम सिफारिस गरिएको थियो। सिफारिसको सूचीमा तेस्रो नम्बरमा रहेका देवकोटालाई मन्त्रिपरिषद्ले सचिवका रूपमा अगाडि सारेको हो।

स्वास्थ्य सचिवको रूपमा नियुक्त भएका देवकोटा स्वास्थ्यमन्त्री प्रदीप पौडेल निकट मानिन्छन्। उनी स्वास्थ्य क्षेत्रमा लामो समयदेखि संलग्न छन् र प्रशासनिक अनुभवसमेत बोकेका छन्।

सरकारको निर्णयसँगै देवकोटाले अब स्वास्थ्य सेवा प्रणाली सुधार, नीतिगत व्यवस्थापन तथा बजेट कार्यान्वयनका महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0