पोखरा, २२ फागुन। केही दिनअघि हृदयघातको कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा अस्पताल पुगेका छन्। उनले पारस शाहको स्वास्थ्य अवस्थाबारे अस्पतालका चिकित्सकहरूबाट जानकारी लिएका हुन्।
पूर्वउपप्रधानमन्त्री थापाले पारसको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनलाई स्वास्थ्यमा सुधार आउने शुभकामना दिएका राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
थापाले पारस शाहको स्वास्थ्यको बारेमा थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेर आफूलाई उपलब्ध गराइएको जानकारी अनुसार उपचारको प्रक्रिया अगाडि बढिरहेको र उनका स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























