पोखरा, २२ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट लागूऔषध गाँजाको धुलो जस्तो देखिने २२ किलोग्राम पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार दिउँसो पक्राउ परेका व्यक्तिहरूमा ४० वर्षीय रफीक मदथुम्थाझा व्यालिल र ३४ वर्षीया रस्मिना पज्या कल्लरथर रहेका छन्।

थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई भन्सार जाँचका क्रममा पक्राउ गरिएको हो। भन्सार अधिकारीहरूले चेकिङ गर्ने क्रममा चकलेटको प्याकेटमा फल्स बटम बनाएर लुकाइएका अवस्थामा १२ किलोग्राम गाँजाको धुलो जस्तो पदार्थ रफीकको साथबाट तथा १० किलोग्राम रस्मिनाको साथबाट बरामद गरिएको थियो।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ। लागूऔषध ओसारपसारको घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कडाभन्दा कडा कारवाही गरिने विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0