पोखरा, २२ फागुन। नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही स्थानहरूमा बिहान हल्का हुस्सु लागेको छ, जसले सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। सतर्कता अपनाउन अनुरोध गर्दै महाशाखाले दिनभर मौसममा ठूला परिवर्तन नआउने प्रक्षेपण गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0