पोखरा, २५ फागुन। हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ। यस प्रणालीका कारण पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्छ। तर, अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम परिवर्तनका कारण पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने यात्रु तथा स्थानीय बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0