पोखरा, २५ फागुन। रुसले युक्रेनमाथि गरेको पछिल्लो आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ भने ३० भन्दा बढी घाइते भएका छन्। युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिभ क्षेत्रमा गरेको आक्रमणको जवाफस्वरूप रुसले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो।

रुसको आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन ध्वस्त भएका छन्। दोनेत्स्क क्षेत्रमा मात्र ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आक्रमणपछि भवनहरूमा आगलागी भएको तस्बिर तथा भिडियोहरू सार्वजनिक भएका छन्।

यसअघि बिहीबार राति भएको अर्को आक्रमणमा पनि पाँच जनाले ज्यान गुमाएका थिए। पछिल्ला दिनहरूमा रुसले युक्रेनमा आक्रमण तीव्र बनाएको छ, जसले आमनागरिकमा ठूलो क्षति पुर्‍याइरहेको छ।

युक्रेनमाथिको आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध तथा शुल्क वृद्धिको संकेत दिएलगत्तै भएको बताइन्छ। रुस-युक्रेन युद्ध पुनः चर्किने संकेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0