पोखरा, २८ फागुन। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले टाटा एस इभीको १०० युनिट बिक्री तथा १० लाख किलोमिटर निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा विशेष समारोह आयोजना गरेको छ। काठमाडौँको गैरिधारास्थित सिप्रदी ट्रेडिङको शोरूममा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो।
टाटा एस इभीले साना तथा मध्यम उद्यमी र कर्पोरेट व्यवसायीहरूका लागि भरपर्दो व्यावसायिक सवारीको रूपमा नयाँ सम्भावना प्रस्तुत गरेको छ। नेपालभरि काठमाडौँ, पोखरा, बुटवल, चितवन, र ईटहरीका व्यवसायीहरूले यो विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिइरहेका छन्। न्यून सञ्चालन खर्च, शून्य उत्सर्जन प्रविधि, र उत्कृष्ट ब्याट्री हेल्थका कारण टाटा एस इभी लोकप्रिय बन्दै गएको छ।
समारोहमा टाटा मोटर्सका सीभी सीभीआईबी प्रमुख असिफ शमीम र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले टाटा एस इभीको सफलताको चर्चा गर्दै विद्युतीय व्यावसायिक सवारीप्रतिको विश्वास र भविष्यका सम्भावनाहरूबारे आफ्ना विचार व्यक्त गरे।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा टाटा एस इभीको सफलताका अवसरमा केक काट्ने विशेष कार्यक्रम आयोजना गरियो। साथै, टाटा एस इभीका प्रयोगकर्ताहरूले विद्युतीय सवारीको उपयोगले व्यवसायमा ल्याएको सकारात्मक प्रभावबारे आफ्ना अनुभवहरू बाँडे।
टाटा मोटर्सका प्रतिनिधि असिफ शमीमले भने, “टाटा एस इभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दिगो र भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण हो।”
त्यसैगरी, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठले भने, “टाटा एस इभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि प्रष्ट देखाएको छ। हामी दिगो यातायात समाधानको यात्रामा गर्वका साथ अघि बढ्नेछौं।”
सिप्रदी ट्रेडिङले टाटा एस इभीको सफलतासँगै नेपालमा विद्युतीय व्यावसायिक सवारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। कम सञ्चालन खर्च, भरपर्दो सेवा, र वातावरणमैत्री प्रविधिले टाटा एस इभी व्यावसायिक यातायात क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दैछ।





























