पोखरा, ४ चैत्र। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा गाँजाखेती अघि बढाउन किन आपत्ति जनाइन्छ भनेर प्रश्न उठाएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसारका धेरै देशमा गाँजाखेती कानुनी मान्यता प्राप्त भइसकेको बताउँदै नेपालले पनि यसबारे सोच्नुपर्ने धारणा राखे। उनले विशेष रूपमा अमेरिकाको उदाहरण दिँदै भने, “गाँजाखेती सबैभन्दा पहिला अमेरिकाको कोलोराडो राज्यबाट सुरु भयो। त्यसपछि अन्य राज्यहरूले पनि कानुनी रूपमा अनुमति दिए। अर्थतन्त्रमा यसको सकारात्मक प्रभाव देखिएको छ।”
उनले नेपालमा पनि गाँजाखेती वैधानिक बनाउन आवश्यक अध्ययन गर्नुपर्ने भन्दै यसबारे सरकार र संसद्ले गम्भीर रूपमा छलफल गर्नुपर्ने बताए।
Give Your Feedback































