वासिङटन डीसी, ४ चैत्र। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने निर्णय गरेका छन्। यस कदमको घोषणा अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतंकवादी संगठनको रूपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि गरिएको हो।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेख्दै भने, “मैले अमेरिकी सेनालाई यमनमा हुथी आतंककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु। उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतंकवादको अनवरत अभियान चलाएका छन्।”

अमेरिका नेहिमा, ट्रम्पले हुथी विद्रोहीहरूले स्वेज नहर, रेड सी र एडेनको खाडीमा ढुवानीमा अवरोध पुर्‍याएको र अमेरिकी पानीजहाजमा आक्रमण सह्य नहुने बताएका छन्। उनले भने, “जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौँ, तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ।”

पूर्वराष्ट्रपति जो बाइडेनले दिएको ‘कमजोर’ प्रतिक्रिया प्रति ट्रम्पले आलोचना गर्दै भने, “हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले अमेरिका र विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुर्याएको छ।”

ट्रम्पले इरानलाई प्रत्यक्ष चेतावनी पनि दिएका छन् र भने, “हुथी विद्रोहीलाई इरानको समर्थन तुरुन्तै समाप्त हुनुपर्छ, अन्यथा इरानले गम्भीर परिणाम भोग्नुपर्नेछ।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0