पोखरा, ४ चैत्र। सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइनको बिल जाँचबुझका लागि ऊर्जा मन्त्रालयले गठन गरेको समितिमा अन्तरिम आदेश जारी गरेको छ।
ऊर्जा मन्त्रालयले गत मंसिर २ गते अरविन्दकुमार मिश्रको संयोजकत्वमा गठन गरेको समितिले कामको आरम्भ गरेपछि सर्वोच्च अदालतले त्यसको कामकाजी प्रक्रिया रोक्ने आदेश दिएको हो। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समितिका गतिविधिमा अन्तरिम आदेश जारी गरेको हो।
ऊर्जामन्त्री दीपक खड्काले मिश्रको संयोजकत्वमा चार्टर्ड एकान्टेन्ट सुजनकुमार काफ्ले र श्रीरामराज पाण्डे सदस्य रहेको समिति गठन गरेका थिए। यस समितिको गठनलाई विद्युत् नियमन आयोगको कार्यक्षेत्रमा हस्तक्षेप भएको भन्दै आलोचना गरिएको थियो।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























