पोखरा, ४ चैत्र। ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार (चैत ४)देखि दुई महिनासम्म लागु हुने गरी केही स्थानमा निषेध आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जारी गरेको आदेशअनुसार, पाँच जनाभन्दा बढी मानिस जम्मा भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न निषेध गरिएको छ।
निषेधित क्षेत्रका रूपमा पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग र भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र रहेका छन्। यी क्षेत्रहरूमा कुनै पनि प्रकारको सभा वा प्रदर्शन गर्न पाउने छैन।
प्रशासनले आदेश उल्लङ्घन गर्ने व्यक्तिहरूलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। यसअघि, काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि निषेध आदेश जारी गरेको थियो।


Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























