पोखरा, ४ चैत्र। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न १५ वटा आंगिक क्याम्पसलाई रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले आइतबार ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन तत्काल अगाडि बढाउन आग्रह गरेका हुन्।

निर्देशन दिइएका क्याम्पसमध्ये उपत्यकाका ६ र उपत्यका बाहिरका ९ क्याम्पस छन्। विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस, शंकरदेव क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिक युथ क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। त्यस्तै, बुटवल, भैरहवा, सुर्खेत, महेन्द्रनगर, पक्लिहवा, तेह्रथुम, जनकपुर र भरतपुरका क्याम्पसहरूमा पनि समस्या देखिएको छ।

त्रिविले मंगलबार (चैत ५) का लागि स्ववियु निर्वाचनको मिति तय गरिसकेको छ। निर्वाचन प्रक्रिया रोकिएको क्याम्पसहरूमा सम्बन्धित पक्षसँग समन्वय गरी प्रक्रिया यथाशीघ्र अघि बढाउनुपर्ने त्रिविको निर्देशन छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0