पोखरा, ८ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा मूल्यवृद्धि अस्वाभाविक रूपमा बढेको भन्ने दाबी तथ्याङ्कले पुष्टि नगर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा आयोजित प्रश्नोत्तर कार्यक्रममा सांसद विन्दावासिनी कंशकारको प्रश्नको जवाफ दिँदै उनले मूल्यवृद्धि ग्लोबल फेनामेना भएको र सरकार त्यसलाई नियन्त्रण गर्न सचेत रहेको बताए।

प्रधानमन्त्री ओलीले महँगी नियन्त्रणको नारा लोकप्रिय हुने भए पनि मूल्य स्थिर रहनु स्वाभाविक नभएको धारणा राखे। उनले जग्गा-जमिनदेखि भान्साका सामग्रीसम्म कुनै पनि वस्तुको मूल्य यथास्थितिमा नरहने उल्लेख गरे। अस्वाभाविक मूल्यवृद्धि हुनु नहुने बताए पनि पछिल्लो सात महिनाको मुद्रा स्फीतिले भयावह अवस्था नरहेको प्रमाणित गर्ने उनले बताए।

सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउने र महँगी नियन्त्रणका लागि आवश्यक नीतिगत उपाय अपनाउने भन्दै ओलीले मूल्यवृद्धिलाई राजनीतिकरण गर्न नहुने बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0