पोखरा, ११ चैत्र। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन्। उनले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक व्यवस्थामा प्रत्येक नागरिक आफ्नो सार्वभौमसत्ताको मालिक हुने व्यवस्था रहेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले भने, “शासन व्यवस्थालाई सुदृढ बनाउन र यस व्यवस्थाबाट नेपाली जनताको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी सरकार, राजनीतिक दल र हामी सबैको हो।” उनले संविधानबाहिरका निरंकुशता र अराजकतालाई अस्वीकार गर्दै नेपाली जनताको चाहनाअनुसार शासन प्रणालीको आवश्यकता औंल्याए।

राष्ट्रपति पौडेलले इतिहासको सन्दर्भ दिँदै भने, “नेपाली जनताले कुनै पनि निरंकुशताको नाम र अवशेषलाई रुचाएनन्। संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो हजारौंको त्याग र संघर्षबाट प्राप्त उपलब्धि हो।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0